कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरूको नाममा रहेको २ लाख ८७ हजार ५३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरू आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया