किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

किसान र जाल्पा सामुदायिक लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पाेरेट कार्यालय बुढानीलकण्ठ काठमाण्डौमा रहने कम्पनीले जनाएको छ ।

साथै, डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

#BajarkoChirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स