काँग्रेस एमालेले टुङ्ग्याए मन्त्रालयको भागबण्डा – कसको भागमा कुन

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३० गते
काँग्रेस एमालेले टुङ्ग्याए मन्त्रालयको भागबण्डा – कसको भागमा कुन

सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेसले मन्त्रालय बाँडफाँड टुंग्याएका छन। दुवै दलका शीर्ष नेताहरूबीच कांग्रेसले गृहमन्त्रालय सहित ९ र एमालेले अर्थ सहित ८ वटा मन्त्रालय लिनेगरी सहमति जुटेको हो।

एमाले निकट स्रोतका अनुसार एमालेको भागमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ भने कांग्रेसको भागमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय परेको छ।

दुई दलले कुन कुन मन्त्रालयमा को को मन्त्री पठाउने भन्ने टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका छन्। नेपाली कांग्रेसको शेखर-गगन समूहले चार मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ। शेखर गगन सुहाले काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल, सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सभापति देउवा समक्ष सिफारिस गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स