चालू आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन १६.८५ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत विवरणअनुसार, यस अवधिमा ३ खर्ब २३ अर्ब २४ करोड रूपैयाँ राजस्व संकलन भएको छ। यो गत वर्ष सोही अवधिमा संकलित २ खर्ब ७६ अर्ब रूपैयाँको तुलनामा करिब १७ प्रतिशतले बढी हो। चार महिनाको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड रूपैयाँ राखिएकोमा लक्ष्यको करिब ८० प्रतिशत मात्रै हासिल भएको छ। वार्षिक रूपमा, आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रूपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतले बढी हो।
विगत पाँच वर्षको राजस्व परिचालन हेर्दा प्रगतिको अवस्था फरक देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोडको लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति हासिल भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोडको लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोडको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत मात्र पूरा भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १५ करोडको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत मात्र प्रगति भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा भने १४ खर्ब २२ अर्ब ५४ करोडको लक्ष्य राखिएकोमा ७४.५४ प्रतिशत प्रगति हासिल गरिएको छ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापनलाई सुदृढ गर्न करको दायरा विस्तार, बक्यौता असुली, र कर प्रशासनको प्रभावकारितामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले कर संकलन प्रक्रियामा अवरोध पुर्याउनेलाई कडा कानूनी कारबाही गर्ने निर्देशनसमेत दिएका छन् ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया