कतार एयरले भोलिदेखि भैरहवामा उडान गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
कतार एयरले भोलिदेखि भैरहवामा उडान गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा उडान अनुमति दिएको छ, जसअन्तर्गत कतार एयरवेजले भोलिदेखि (मंगलबार) उडान सुरु गर्नेछ। कतार एयरवेजले नोभेम्बर ३० सम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा मार्गमा १९ उडान गर्ने अनुमति पाएको छ।

यसअघि भैरहवा विमानस्थलका अधिकारीहरूले कतार एयरवेजले सातै दिन नियमित उडानको अनुमति मागेको बताएका थिए। हाल भैरहवाबाट थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई, र नेपाल वायुसेवा जस्ता विमान कम्पनीहरूले नियमित व्यवसायिक उडानहरू सञ्चालन गरिरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स