एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले गत वर्षको चौथो त्रैमासिकसम्म ३२ करोड ८५ लाख रूपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३६.९२ प्रतिशत बढी नाफा कमाएको हो। अघिल्लो बर्षको यसै अवधिमा कम्पनीले २४ करोड नाफा कमाएको थियो।
यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:
खुद नाफा: कम्पनीले अघिल्लो वर्षको आषाढ मसान्तसम्म २४ करोड खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्ष ३६.९२ प्रतिशतले बढेर ३२ करोड ८५ लाख रहेको छ। कम्पनिको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो
खुद बीमा शुल्क: कम्पनीले गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ७ अर्ब ८४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा १४.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क बढेसँगै कम्पनीको नाफामा पनि सुधार आएको हो।
कुल आम्दानी: अघिल्लो वर्षको आषाढ मसान्तसम्म कम्पनिको कुल आम्दानी १० अर्ब ६२ करोड थियो जुन गत आर्थिक वर्ष १५.६४ प्रतिशतले बढेर १२ अर्ब २८ करोड भएको छ।
रिटेन्ड अर्निङ: कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्षको तुलनामा खासै वृद्धि भएको छैन। गत आर्थिक वर्षको रिटेन्ड अर्निङ अघिल्लो वर्षको तुलनामा ११.४६ प्रतिशतले मात्र बढेको छ। अघिल्लो आर्थिक वर्ष रिटेन्ड अर्निङ ३० करोड ५८ लाख थियो। गत आर्थिक वर्षको आषाढ मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङ ३४ करोड ९ लाख रहेको छ।
प्रति सेयर आम्दानी: कम्पनिको प्रति सेयर आम्दानी अघिल्लो वर्षको तुलनामा २.०५ रुपैयाँले बढेको छ। अघिल्लो वर्षको आषाढ मसान्तसम्म ७ रुपैयाँ ६१ पैसा रहेको प्रति सेयर आम्दानी गत वर्षको सोही अवधिमा भने ९ रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ११८.०७ रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया