एससीटीले ल्यायो “तिर्की दाउ” अफर ७७७ रूपैयाँसम्म क्यासब्याक दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
एससीटीले ल्यायो “तिर्की दाउ” अफर ७७७ रूपैयाँसम्म क्यासब्याक दिने

नेपालीहरुको महान् चाडहरू हरितालिका तीज, बडा दसैं तथा शुभ दीपावलीलाई लक्षित गर्दै स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (SCT) ले “तिर्की दाउ” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत SCT-UPI डेबिट कार्ड प्रयोगकर्ताहरूले POS मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यस अफरमा भाग लिन चाहने तर हालसम्म SCT-UPI डेबिट कार्ड नलिइएका ग्राहकहरूले आफ्नो नजिकको SCT सम्बद्ध बैंक तथा वित्तीय संस्थामा गएर कार्ड लिन सक्नेछन्। ग्राहकहरूले यस अवधिमा ६ महिनादेखि प्रयोग नगरिएको SCT-UPI डेबिट कार्ड प्रयोग गर्दा रु १११ को क्यासब्याक प्राप्त गर्नेछन्  सबै प्रयोगकर्ताले तीन वा सोभन्दा बढी पटक कारोबार गर्दा रु ३३३ क्यासब्याक र सात वा सोभन्दा बढी पटक कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउनेछन।हरेक कारोबारको रकम ५०० रूपैयाँ वा सोभन्दा धेरै हुनुपर्नेछ र एउटै टर्मिनलबाट दिनको एक पटक मात्र गरिएको कारोबार अफरका लागि मान्य हुने कम्पनीले जनाएको छ |

यो अफर नेपालमा मात्र नभई भारतमा पनि लागू हुनेछ । भारतमा रु २५०० वा सोभन्दा धेरैको कारोबार गर्दा ग्राहकहरूले रु २५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफरको विस्तृत जानकारी र शर्तहरू SCT को आधिकारिक वेबसाइटमा उपलब्ध छ। यो अफर भाद्र  १६  गते देखि कार्तिक १५ गतेसम्म लागू हुने कम्पनीले उल्लेख गरेको छ |

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स