जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज (चैत २५ गते) संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । सेयरमा विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याइएको हो ।
लिलामीमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
न्यूनतम १०० कित्ताका लागि वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया