एनआईसी एशिया बैंकले एकैपटक ४ वटा कम्पनीको सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा ल्याएको छ । विभिन्न चार कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २९७ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १७८ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ ।
सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धक र एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।











![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया