SHAREHUB SHAREHUB

प्राधिकरणले उद्योगहरुका लाइन काट्न थालेपछि उद्योगीहरुले आफै लाइन काटेर गरे विरोध सुरु

Advertisement Ads
प्राधिकरणले उद्योगहरुका लाइन काट्न थालेपछि उद्योगीहरुले आफै लाइन काटेर गरे विरोध सुरु
Advertisement Ads

ट्रंकलाइनको विवादित महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले पुनः उद्योगहरुका लाइन काट्न थालेपछि सम्वन्धित सबै बाँकी उद्योगीहरुले पनि आफै उद्योगको लाइन काटेर विरोध सुरु गरेका छन् ।

प्राधिकरणले टीओडी मिटरको डाटाबिना २०७२ माघ देखि २०७५ वैशाखसम्मको प्रिमियम महशुल तिर्न दबाब दिँदै पाँच वटा ठूला उद्योगमा लाइन काटेपछि उद्योगीहरुले पनि प्राधिकरणविरुद्ध  विरोध सुरु गरेका हुन् ।

सिफारिस र मन्त्रिपरिषदको निर्णयविपरित प्राधिकरणले जबरजस्ती बिना आधार गैरकानुनीरुपमा रकम अशुल्न खोजेको भन्दै पाँच उद्योगहरुमा लाइन काट्ने निर्णय फिर्ता नभएकाले पूर्वघोषित कार्यक्रमअनुसार हिजो आइतबारबाट सबै बाँकी ५६ वटा पीडित उद्योगहरुले पनि आफै विद्युत कटौती गरेर विरोध सुरु गरेका हुन् ।

दैनिक पाँच सय मेगावाटभन्दा धेरै विद्युत खेर गइरहेको बेला ठूला उद्योगीहरुले समेत विजुली प्रयोग नगरिदिँदा प्राधिकरणलाई थप करोडौं रुपियाँ नोक्सान हुने भएको छ ।

Electricity 2081.3.30 2 page 0001 eH7VR7PArL https://bajarkochirfar.com/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5 | %tags
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स