आज नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये एउटा उपसमूह बाहेक सबै उपसमूह घटेको छ। दिनभर ७ अर्ब २४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ। यस दिन ३२८ कम्पनीको १ करोड ९० लाख सेयर कारोबार भएको छ्।
बजारमा भारी गिरावट आएसँगै लगानीकर्ताको मनोबल पनि घटेको छ। पछिल्लो केही दिनहरू देखि बजारमा आएको गिरावटले लगानीकर्ताहरु आतिदै गएका छन्। बजारले स्थिरता नलिएर नेप्से परिसूचक संगसंगै कारोबार रकम घट्दा लगानीकर्ताहरु आतिएको हुन्। यस अघि बजार बढ्दा करिव ३० अर्ब पुगेको कारोबार रकम पनि आज घटेर ७ अर्बमा सीमित भएको छ। तर, समग्रमा बजार सकारात्मक नै देखिन्छ। बजारले केही समय लगाएर आफ्नो गति लिएर उकालो यात्रा गर्न सक्ने पनि लगानीकर्ताहरुले अपेक्षा गरेका छन्।
प्राविधिक विश्लेषकहरुका अनुसार २६४० देखि २६३० को जोन महत्वपूर्ण छ। समग्रमा बलियो सपोर्टको जोन मानिएको क्षेत्रबाट २०/३० अंक तलमाथि हुन सक्ने हुँदा नेप्से परिसूचक २६०० को आसपास आउन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने विश्लेषकहरु बताउँछन्। बजार घट्दा कारोबार रकम पनि घटेको हुँदा केही समय बजार साइडवेज नै जान सक्ने सम्भावना समेत रहेको केहि विश्लेषकहरुको तर्क रहेको छ।
नेप्से परिसूचक १३.०९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से १३.०९ अंकले घट्दा ६७ कम्पनीहरूको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। आज धेरै बढ्नेमा क्रमश: मानुषी लघुवित्त, थ्री स्टार हाईड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर , आत्मानिर्भर लघुवित्त र साहस ऊर्जा रहेको छ।

नेप्से परिसूचक १३.०९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से १३.०९ अंकले घट्दा १६९ कम्पनीको सेयरमूल्यमा घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: स्वरोजगार लघुवित्त, मुक्तिनाथ कृषि कम्पनि, महिला लघुवित्त, पिपल्स हाईड्रोपावर, मकर जितुमाया सुरी हाईड्रोपावर रहेको छ।


प्रतिकृया