मकवानपुरमा आर्थिक मन्दीका कारण उद्योग बन्द हुने क्रम तीव्र भएको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा कुल ६१० वटा उद्योग बन्द भएका छन्, जसमध्ये २६८ उद्योगहरू उत्पादन क्षेत्रका र ३३६ वाणिज्य क्षेत्रका थिए। मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो।
आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण अभाव, र पुँजीको कमीलगायतका कारणले उद्योग बन्द हुने क्रम बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताउनुभएको छ। विगत आर्थिक वर्षको तुलनामा नयाँ उद्योग दर्ता पनि घटेको छ। आव २०७९/८० मा १,००९ वटा उद्योग दर्ता भए पनि आव २०८०/८१ मा त्यो संख्या ७०१ मा झरेको छ।
यस अवधिमा नयाँ उद्योग दर्ता, नवीकरण, र लगत कट्टा जस्ता कार्यहरूबाट सरकारलाई रु ३ करोड २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ।




















प्रतिकृया