instainsta

आर्थिक मन्दीका कारण ५०% इँटा उद्योग बन्द

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २२ गते
आर्थिक मन्दीका कारण ५०% इँटा उद्योग बन्द
AdvertisementAds

पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दी र न्यून निर्माण कार्यको कारण देशभर सञ्चालनमा रहेका अधिकांश इँटा उद्योग धरासायी बनेका छन् l

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दका अनुसार हाल इँटाको बजार ८० प्रतिशतले घटेको छ । “हाल ४० देखि ५० प्रतिशत इँटा उद्योगमात्र सञ्चालनमा छन्, त्यो पनि पूर्ण क्षमतामा चलेका छैनन्”, अध्यक्ष चन्दले भने, “देशभरिमा एक हजार एक सय जति इँटा उद्योग रहेकामा हाल करिब पाँच सय उद्योगमात्र सञ्चालनमा छन् ।” एकपटक बन्द भएपछि इँटा उद्योग पुनः सञ्चालन गर्न गाह्रो रहेको उनको भनाइ छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स