instainsta

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २१ गते
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित
AdvertisementAds

आयरल्याण्ड ए ले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स नेपालल ‘ए’ लाई  २१ रनले पराजित गरेको छ |

आयरल्याण्ड ‘ए’ ले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल ‘ए’ ले  २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो ।नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड ‘ए’ का बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

यस अघि आयरल्याण्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो । आयरल्याण्ड ‘ए’ का लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए । त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।  सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स