दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले ।
उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया