SHAREHUBSHAREHUB

आज हरियो प्याज र काउलीको मूल्य बढ्यो, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
AdvertisementAds
आज हरियो प्याज र काउलीको मूल्य बढ्यो, अन्य तरकारीको मुल्य कति ?
AdvertisementAds

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागी मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज हरियो प्याज र काउलीको मूल्य बढेको छ। हरियो प्याजको प्रतिकिलो मूल्य १२६ रुपियाँ पुगेको छ, जुन हिजोको तुलनामा ३१ रुपियाँले बढी हो। हिजो प्याज ९५ रुपियाँ प्रतिकिलोमा कारोबार भएको थियो।

यस्तै, अघिल्लो दिन ९५ रुपियाँ प्रतिकिलोमा बिक्री भएको स्थानीय काउलीको मूल्य आज ११५ रुपियाँमा पुगेको छ, अर्थात् २० रुपियाँले वृद्धि भएको छ। मकैबोडीको मूल्य भने १० रुपियाँले घटेर ६५ रुपियाँमा सीमित भएको छ। साथै, ब्रोकाउली १५ रुपियाँले सस्तिएर १२५ रुपियाँ प्रतिकिलोमा कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स