किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
कोशी प्रदेश सरकारले यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्दले समाज सुधारमा पुर्याएको योगदानको सम्मानस्वरूप यो जयन्ती विशेषगरी पूर्वी पहाडी जिल्लाहरू— पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा आदि क्षेत्रमा विविध कार्यक्रम गरी मनाइन्छ।
फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाममा भएको थियो भने उनको निधन वि.सं. २००५ मा भयो। जीवनभर उनले किराँत भाषा, लिपि, संस्कार, संस्कृति, र समाज सुधारको क्षेत्रमा कार्य गरेका थिए। समाज सुधारका निम्ति उनले वि.सं. १९८८ वैशाख २४ गते ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’ जारी गरेका थिए, जसमा छोरीको विवाहमा पैसा नलिनु, पूजा गर्दा जीवहत्या नगर्नु, मद्यपान र मासु सेवन नगर्नु, र मृत्यु संस्कारलाई तीन दिनमा सम्पन्न गर्नुजस्ता प्रगतिशील नीतिहरू समावेश छन्। यी नीतिहरूले सबै धर्म, सम्प्रदाय र समाजलाई प्रेरणा दिएको मानिन्छ।
वि.सं. २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई तत्कालीन प्रधानमन्त्री माधव नेपालको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया