नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर जारी गरेको छ। अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्डको भाउ घटेको छ।
आजको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपैयाँ र बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिन पनि यस्तै थियो।
युरोपियन युरोको खरिद मूल्य हिजो १४८.८४ रुपैयाँ र बिक्री मूल्य १४९.५० रुपैयाँ थियो भने आजको खरिद मूल्य १४८.५६ रुपैयाँ र बिक्री मूल्य १४९.२३ रुपैयाँ तोकिएको छ।
बेलायती पाउन्डको खरिद दर हिजो १७६.५५ रुपैयाँ र बिक्री दर १७७.३४ रुपैयाँ थियो भने आजको खरिद दर १७५.९१ रुपैयाँ र बिक्री दर १७६.७० रुपैयाँ निर्धारण गरिएको छ।




















प्रतिकृया