विश्वधनाढ्य मध्यका एक धनाढ्य वारेन बफेट यतिबेला चीनबाट पूर्ण रूपमा बाहिरिने तरखरमा रहेको बुझिएको छ। उनको कम्पनी वर्कसाएर हाथवेले आज आफ्नो स्वामित्वमा रहेको बिवाईडीको सेयर बेचेको सोमबारको स्टक एक्सचेन्जको फाइलिङमा देखिएको छ।
रोयटर्सका अनुसार उनको कम्पनीले जुन ११ मा इलेक्ट्रिक कार उत्पादक कम्पनी बिवाईडीको हङकङ स्टक एक्सचेन्जमा सूचीकृत १३ लाख कित्ता सेयर ३ करोड ९८ लाख अमेरिकी डलरमा बिक्री गरेर बिवाईडीमा आफ्नो स्वामित्व ७.०२% बाट ६.९०% मा घटाएको छ।वर्कसाएर हाथवेको स्वामित्वमा २००८ मा २२ करोड अमेरिकी डलरमा बिवाईडीको समाग्रको २५% स्वामित्व र हङकङ स्टक एक्सचेन्जमा सूचीकृत सेयर मध्य ९.९ प्रतिशत स्वामित्व खरिद गरेको थियो।
यस अघि वर्कसाएर हाथवेले बिवाईडीमा रहेको आफ्नो स्वामित्वको सेयर बिस्तारै घटाउँदै आएको देखिन्छ। अन्तराष्ट्रिय आर्थिक पत्रिकाहरूले चीन र अमेरिका बीचको भूराजनीतिक प्रभावको कारण वारेन बफेट चीनबाट पूर्ण रूपमा बाहिरिन लागेको आकलन गरिरहेका छन।
पछिल्लो चीनबाट पछिल्लो २ वर्षमा ठूलो मात्रामा वैदेशिक लगानी फिर्ता गएको देखिन्छ।
#bajarkochirfar #bazarkochirfar













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया