आईसीसी लिग २ मा नेपाललाई अमेरिकाले हरायो, नेपालको अर्को खेल कहिले?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १८ गते
आईसीसी लिग २ मा नेपाललाई अमेरिकाले हरायो, नेपालको अर्को खेल कहिले?
AdvertisementAds

अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४४ रनमै समेटिएको हो। यो खेल डालसको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको थियो, जहाँ नेपाल ४९.५ ओभरमा अलआउट भयो।

नेपालका ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भए। बलिङतर्फ गुल्शन झाले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे, र कुशल भुर्तेलले १ विकेट लिए।

अमेरिकाका लागि साइतेजा मुक्कामाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए। कप्तान मोनाक पटेलले ६७ रन र हर्मित सिंहले ५९ रनको योगदान गरे, जबकि आरोन जोन्सले २६ रन जोडे।

नेपाल यसअघिको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। सिरिजको अन्तिम खेल नेपालले सोमबार स्कटल्यान्डसँग खेल्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स