आईसीसी यू-१९ विश्वकप छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
आईसीसी यू-१९ विश्वकप छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै
AdvertisementAds

आजदेखि युएईमा सुरु हुने आईसीसी यू-१९ महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे दुबईस्थित सेभेन्स मैदानमा सुरु हुनेछ।

चार टोली सहभागी यस छनोट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ। यी दुई टोली सन् २०२२ मा पनि एसिया क्षेत्रीय छनोटमा भिडेका थिए, जहाँ थाइल्याण्डले नेपाललाई ४९ रनले पराजित गरेको थियो।

नेपाल, थाइल्याण्ड, युएई र कुवेत सहभागी छनोट खेलहरू डबल राउण्ड रोबिन आधारमा खेलिनेछन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा स्थान पाउनेछ।

विश्वकपमा १६ टोली सहभागी हुनेछन्, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया र क्षेत्रीय छनोट जितेका नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन्। अमेरिका भने कुनै अन्य टोली नभएकाले स्वतः विश्वकपको लागि छनोट भएको हो।

नेपालले यसअघि पनि यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोट खेलेको थियो, जहाँ युएई र थाइल्याण्डको पछि तेस्रो स्थानमा रहेर विश्वकपमा स्थान पाउन सकेन।

AdvertisementAds

यसपटक नेपाली युवा टोलीले सिनियर राष्ट्रिय टिमकी अलराउण्डर पूजा महतोको कप्तानीमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स