इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको मिति सार्वजनिक भएको छ । जसअनुसार आईपीएलको १८औँ संस्करण १४ मार्चदेखि सुरु हुने भएको छ ।फाइनल खेल भने मे २५ मा हुनेछ ।
यस्तै, सन् २०२६ सिजन मार्च १५ देखि मे ३१ सम्म हुनेछ भने २०२७ सिजन मार्च १४ मा सुरु भएर मे ३० मा सकिनेछ । २०२५ सिजनमा ७४ खेल हुनेछन्। पछिल्ला तीन सिजमा पनि यति नै खेल भएका थिए।
आईपीएल १८औँ संस्करण २०२५ का लागि आइतबार र सोमबार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ । साउदी अरेबियामा हुने अक्सनमा ५ सय ७४ खेलाडी सहभागी हुनेछन्।



















प्रतिकृया