लिग टु अन्तर्गत नेपाल आज क्यानाडा संग मापेल लिफ नर्थ -वेस्ट ग्राउन्ड, किंग सिटी मा बेलुका ७:४५ बजे बाट प्रतिस्पर्धा गर्दै छ|हालसम्म ४ ओटा खेल खेलेको नेपालले जम्मा १ जित निकाल्न सफल बनेको छ| आज बाट सुरु हुदै गरेको खेल नेपाल को लागि अग्र स्थान बनाउन निकै नै महत्वपूर्ण रहेको छ|जम्मा ८ टिम रहेको लिग २ को प्रतिस्पर्धामा नेपाल हाल सातौ स्थानमा रहेको छ|आफ्नो स्थर बढाउन नेपालले अबको खेलमा जित निकाल्नु पर्ने देखिन्छ|
यसकासाथै आज खेलिने भएको खेलमा १५ जना को टोली खुलासा गरिएको छ|जस अंतर्गत् कुशल भुर्तेल , रोहित पौडेल ,आसिफ शेख,कुसल मल्ल ,भिम शार्की ,आरिफ शेख,दीपेन्द्र सिंग ऐरी ,करन के.सी ,ललित राजबंसी ,सूर्य तामाङ्ग ,देव खनाल ,पवन सर्फ ,सोमपाल कामी,अनिल शाह र गुलसन झा रहेका छन् |




















प्रतिकृया