हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह बीमा अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालले क्वार्टरफाइनल प्रवेश सुनिश्चित गरेको हो।
अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै १ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा, इंगल्याण्डले ११३ रन मात्र बनाउन सकेपछि पराजित भयो। यसअघि, नेपालले आफ्नो पहिलो खेलमा इंगल्याण्डलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो।
इंगल्याण्ड लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ भने नेपालसँगै अष्ट्रेलिया पनि क्वार्टरफाइनलमा पुगेको छ। अब नेपाल र अष्ट्रेलियाबीच हुने अन्तिम खेलबाट समूह विजेता तय हुनेछ।
नेपालका कप्तान सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै इंगल्याण्डविरुद्धको पहिलो खेलमा ५० रन बनाएका थिए। नेपालले ९८ रनको लक्ष्य विना कुनै विकेट गुमाई ४.२ ओभरमै पूरा गरेको थियो। इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दा ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया