अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

अमेरिकामा राष्ट्रपति चुनावको मतगणना जारी छ । हालका परिणामहरूमा इलेक्टोरल कलेज र पपुलर भोट दुबैमा डोनाल्ड ट्रम्पले अग्रता लिइरहेका छन् । ट्रम्पले २३० इलेक्टोरल कलेज जितेका छन् भने कमला ह्यारिसले १९२ इलेक्टोरल कलेज जितेकी छिन् ।

पपुलर भोटतर्फ पनि ट्रम्पले ह्यारिसलाई पछाडि पारेका छन्। ट्रम्पले हालसम्म ५ करोड ७१ लाखभन्दा बढी भोट पाएका छन्, जबकि ह्यारिसले ५ करोड २३ लाखभन्दा बढी भोट हासिल गरेकी छिन्।अमेरिकी राष्ट्रपतिको निर्वाचनमा स्विङ राज्यको भोट निर्णायक हुन्छ । स्विङ स्टे त्यस्ता राज्य हुन् जहाँको नतिजा हरेक निर्वाचनमा उल्टिने गरेको छ । जुनसुकै बेला मत परिवर्तन हुन सक्ने यस्ता राज्यमध्ये पेन्सलभेनिया पनि हो जहाँको मतगणना यतिबेला चलिरहेको छ ।

पेन्सलभेनियामा हालसम्म आधाभन्दा बढी मतगणना भइसकेको छ र ट्रम्प अग्रता लिइरहेका छन्। यस राज्यमा १९ इलेक्टोरल कलेज भोट रहेकोले यसको नतिजा दुबै पक्षका लागि निर्णायक हुनसक्छ। यस राज्यमा मेलमार्फत प्राप्त मतपत्रहरूको गिन्तीमा समय लाग्ने भएकाले चुनावको अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्छ। चार वर्षअघिको चुनावमा पनि मतपत्रको ढिलो गिन्तीका कारण नतिजा ढिलो आएको थियो। नतिजा आउने क्रममा ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा भइरहेको छ र को विजयी हुने भन्ने प्रश्नले अमेरिकाभर चासो पाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स