अमेरिकालाई हराउँदै नेपालले पहिलो टी-२० आई खेल जित्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २ गते
अमेरिकालाई हराउँदै नेपालले पहिलो टी-२० आई खेल जित्यो

नेपालले पहिलो टी-२० आई खेलमा अमेरिका विरुद्ध १७ रनले विजयी भएको छ। ग्राण्ड प्रेरी रंगशालामा आयोजित खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो। अमेरिकाका शायन जहानगिरले अविजित ६० रन बनाए पनि टोलीलाई जिताउन असफल रहे।

अमेरिकाका अन्य खेलाडीहरूमा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२, जसदीप सिंहले १६ रन बनाए। कप्तान मोनांक पटेल र आरोन जोन्स समान ३ रनमा आउट भए भने सैतेजा मुक्कामल्ला २ रनमै पवेलियन फर्किए। हरमीत सिंह शून्य रनमै एलबीडब्ल्यू आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। करण केसी, रिजन ढकाल र गुल्शन झाले समान १-१ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४९ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले २८, अनिल शाह र आसिफ शेखले समान २७ रन योगदान दिए।

अमेरिकाका बलरहरूमा हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान २-२ विकेट लिए भने अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स