अब बैंक खाता खोल्दा केवाईसी फारम भर्नु नपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
अब बैंक खाता खोल्दा केवाईसी फारम भर्नु नपर्ने

अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहकले केवाईसी (Know Your Customer) सम्बन्धी विवरण भर्नु पर्ने आवश्यकता हटेको छ। सरकारले हालै जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्ने जस्ता वित्तीय काममा राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरेर ग्राहकको पहिचान गर्ने व्यवस्था गरेको हो।

यस नियमावलीअनुसार, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, सेयर ब्रोकरजस्ता वित्तीय संस्थाहरूले ग्राहकको अनुमतिमा नागरिकता वा राष्ट्रिय परिचयपत्रका अभिलेखसम्म पहुँच पुर्‍याएर विद्युतीय माध्यमबाट केवाईसी विवरण लिन सक्नेछन्।

तर, यसका लागि अनलाइन प्रणालीको विकास आवश्यक पर्ने भएकाले यो व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा आउन केही समय लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स