instainsta

अपर हेवाखोलाको स्थगित भएको वार्षिक साधारण सभा अगामी असार २६ गते हुने

अपर हेवाखोलाको स्थगित भएको वार्षिक साधारण सभा अगामी असार २६ गते हुने
AdvertisementAds

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित भएको साधारण सभा गते बस्ने भएको छ । कम्पनीले गत वर्ष चैत १६ गतेका लागि बोलाएको उक्त सभा ‘विशेष कारणवश’ स्थगित भएको थियो । कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौंको गौशालास्थित तारकेश्वर पार्टी प्यालेसमा उक्त दिन बिहान ११ बजे पुनः सभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  सभाले उपयुक्त नयाँ जलविद्युत् आयोजना परिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्द्धित वा निर्माणाधीन जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा पनि आवश्यक निर्णय गर्नेछ ।

साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पद रित्त रहेकाले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गते बुक क्लोज गरिसकेको छ । यसर्थ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।

#BajarkoChirfar #Bazarkochirfar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स