instainsta

अन्तराष्ट्रिय मुद्रा कोषबाट धेरै कर्जा लिने राष्ट्रहरूको सुचिमा नेपाल ४८ औँ स्थानमा, कसको कर्जा कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ४ गते
AdvertisementAds

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट धेरै कर्जा लिने राष्ट्रहरूको सुचिमा नेपाल ४८ औँ स्थानमा रहेको तथ्यांकले देखाएको छ। अन्तराष्ट्रिय मुद्रा कोषको में १६ सम्मको तथ्यांकका अनुशार नेपालले  आईएमएफबाट कर्जा ३२ करोड ४५ लाख डलर कर्जा लिएको छ। 

सन् १९४४ मा स्थापना भएको अन्तराष्ट्रिय मुद्रा कोषले आर्थिक विकास, स्थिरता, उत्पादकत्व र रोजगारीका अवसर वृद्धि गर्न नीतिगत तथा वित्तीय सहायता प्रदान गर्दै आएको छ। राष्ट्रहरूले देशको आर्थिक संकटसँग जुध्न अन्तराष्ट्रिय मुद्रा कोषबाट कर्जा लिने गर्छन्। 

कर्जा लिने राष्ट्रहरूको सूचीको शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ। अर्जेन्टिनाले ३२ अर्ब डलर कर्जा लिएको तथ्याङ्कमा देखिएको छ। यस्तै बढी कर्जा लिनेमा क्रमशः इजिप्ट, युक्रेन, पाकिस्तान, इक्वाडोर, कोलंबिया, अंगोला, केन्या, घना रहेका छन। दक्षिण एसियाली राष्ट्रहरू मध्य सबैभन्दा बढी पाकिस्तानले ६ अर्ब डलर, बंगलादेशले १ अर्ब ३३ करोड डलर, श्रीलङ्काले १ अर्ब १४ करोड डलर ऋण लिएका छन्। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स