अनुमति बिना काठमाडौँ आएको थाइ एयरले माफी मागेपछि प्राधिकरणले दियो उडानको अनुमति

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १५ गते
अनुमति बिना काठमाडौँ आएको थाइ एयरले माफी मागेपछि प्राधिकरणले दियो उडानको अनुमति

नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ। गत आइतबार थाइ एयर एसियाले अनुमतिबिना बैंककबाट काठमाडौंको  उडान गरेपछि प्राधिकरणले कारबाही गर्दै उडानमा रोक लगाएको थियो।

थाइ एयरले माफी मागेपछि प्राधिकरणले गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन गर्न अनुमति दिएको छ।

अबदेखि (३ नोभेम्बर) थाइ एयरले दुबै विमानस्थलमा नियमित उडान गर्न सक्नेछ, र उडान तालिका प्रस्तुत गरेपछि काठमाडौंबाट पनि उडान गर्ने शर्तमा अनुमति फुकुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स