insta insta

अदालतको यस्तो आदेशपछि धितोपत्र बोर्डले मन नलागी नलागी रोक्यो रिलायन्स स्पिनिङको आइपीओ

अदालतको यस्तो आदेशपछि धितोपत्र बोर्डले मन नलागी नलागी रोक्यो रिलायन्स  स्पिनिङको आइपीओ
Advertisement Ads

अदालतको कागज प्राप्त गरेपछि नेपाल धितोपत्र बोर्डले मन नलाग्दा नलाग्दै रिलायन्स  स्पिनिङ मिल्सले आजबाट  वैदेशिक रोजगारमा गएकाहरुकालागि खोल्न लागेको आइपीओ निष्काशनको प्रक्रिया रोकेको हो।

असार २५ गते हरी बहादुर ढकाल र खुसल राम धितालले नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स र एस.ए.आर.एसोशिएट्स चार्टड एकाउन्टेन्ट्स लाई विपक्ष बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए। हिजो (असार २६ गते ) लगानीकर्ता ढकालले दायर गरेको रिटको सुनुवाईपछि न्यायाधीश अन्जु उप्रेती ढकालको एकल इजलासले रिलायन्स  स्पिनिङ मिल्सको आइपीओ निष्काशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्यो, त्यसपछि बल्ल धितोपत्र बोर्डले मन नलाग्दा नलाग्दै रिलायन्स स्पिनिङको आइपीओ निष्काशन प्रक्रिया रोक्न पुगेको हो। उक्त रिटमा अधिवक्ताहरू डा.अवतार न्यौपाने, डा.केशव प्रसाद श्रेष्ठ, वासुदेव रिजाल र रपिस पोखरेलले बहस गरेका थिए। उक्त रिटको मस्यौदकार अधिवक्ता पोखरेल हुन्।

अदालतको पत्र पाएपछि आइपीओ निष्काशन प्रक्रिया रोकिएको बोर्डले यताभने आफ्नो कर्तुत लुकाउन लेखा समितिको पत्र पाएँपछि आइपीओ निष्काशन प्रक्रिया रोकेको भ्रमपूर्ण जानकारी फैलाएको थियो।

अदालतले विपक्षीहरूलाई साउन १४ गते छलफलमा बोलाएको छ। धितोपत्र बोर्डले मिलेमतोमा रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ निष्काशनको अनुमति दिएको भन्दै लगानीकर्ताहरुले चौतर्फी बिरोध जनाएका छन्।

WhatsApp Image 2024 07 11 at 14.10.59 49b025e4 https://bajarkochirfar.com/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%86%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a7%e0%a4%bf | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स