५८ सालमा तोलाको ५,००० मा पाईन्थ्यो सुन, २५ वर्षमै कसरी पुग्यो झन्डै डेढ लाख ? २ लाख पुग्ला त ?
नेपालमा वि.स २०५६ देखि २०८१ सम्ममा सुनको मूल्यमा धेरै उतार चढाव आएको छ। सुरुवाती समयमा सुनको मूल्य निकै कम थियो। उक्त समयमा (वि. स २०५६ सालमा) सुन प्रतितोला रु. ६,००० देखि १०,००० को हाराहारीमा कारोबार भएको थियो। पछि समय संगै विभिन्न कारणहरुले गर्दा बजारमा सुनको मूल्य ह्वात्तै बढ्न गयो।
२०५६ देखि २०७५ सम्म सुनको मूल्य बढ्दो क्रममा भए तापनि उछाल भने २०७५ पछि आएको देखिन्छ। कोरोना कालमा सुनको मूल्य उच्च मात्रामा बढेको थियो। समयमा सुन किन्न सकिने थियो भने अहिलेको समयमा आइपुग्दा जसले पनि सिग्निफिकेन्ट प्रोफिट कमाउन सक्ने थियो। सुनको भ्यालु सधैं फ्ल्कचुएटिंग छ तर लंग ट्रम ग्रोथ देखिन्छ।
एकपटक सोच्नुस त, तपाईले धेरै अगाडी पनि हैन मात्र आज भन्दा २४ वर्ष अगाडी सुन किनेर राख्नु भएको भए अहिले तपाईले उक्त सुन बेचेर आउने पैसालाई के मा लगानी गर्नु हुन्थ्यो अथवा त्यसलाई अझै भविष्यमा बढ्ने आशाले सुन नै रहन दिनु हुने थियो ?
अबको केहि बर्ष पछि सामान्य परिवारका व्यक्तिहरुले सुन किनेर लगाउन सक्ने सामर्थ्य बच्ने छैन। सुरक्षित लगानीका रुपमा हरेक व्यक्तिहरुले सुनमा लगानी गर्न थाले जसकारण सुनको मूल्य अप्रत्यसिलो ढंगले बढिरहेको छ। सुनको मूल्य बढ्नुमा जसरी केहि दिन अघि आएको समाचारमा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा ८० तोला सुन र २० तोला चाँदी रहेको खुलासा भएको थियो यस्तै धनी परिवार र व्यक्तिहरुले सुनमा सुरक्षित लगानी धेरै गरेका कारण सुनको मूल्य बढ्न गएको हो ।
नेपालमा वि. स २०५६ – २०६५ सालमा सुनको मूल्य स्थिर रूपमा बढ्दै गयो। वि . स २०५६ सालमा सुनको मूल्य लगभग ६०००/१०,००० रुपैयाँ प्रति तोला थियो । त्यसको केहि समय पछी व्यक्तिहरुको सुनप्रती आत्मविश्वास बढ्दै गयो जसले गर्दा सन् २०६६ – २०७५ सालमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्दै गयो।
वि. स २०७५ साल सम्ममा मूल्य लगभग ६०,००० रुपैयाँ प्रति तोला थियो। वि . स २०७५ साल पछी अन्य फिल्डको तुलनामा सुनमा लगानीकर्ताहरुले लगानी गर्न थाले सन् २०७६ – २०८१ साल सम्ममा सुनको मूल्यमा तीव्र वृद्धि देखियो। वि. स २०७६ सालमा सुनको मूल्य ९०,००० रुपैयाँ पार गर्यो र २०८१ सम्ममा लगभग १,४२,००० रुपैयाँ प्रति तोला पुग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिनमा सुनको मुल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ।
#bajarkochirfar