याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याट हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच जेठ २२ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।
अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।
कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको थियो।, जसको बाँडफाँड वैशाख ३० गते सम्पन्न भइसकेको छ।

प्रतिकृया