प्रतिकित्ता १०० रुपैयाँमा नेपाल फाइनान्सको संस्थापक सेयर बिक्री खुला, जोसुकैले आवेदन दिन सक्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २९ गते
प्रतिकित्ता १०० रुपैयाँमा नेपाल फाइनान्सको संस्थापक सेयर बिक्री खुला, जोसुकैले आवेदन दिन सक्ने
AdvertisementAds

नेपाल फाइनान्स लिमिटेडले ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। कम्पनीले हकप्रद सेयर निष्काशनपश्चात संस्थापक तथा सर्वसाधारण समूहमा सेयर बाँडफाँड गरेपछि बाँकी रहेको उक्त संस्थापक सेयर बोलपत्रमार्फत बिक्री खुला गरेको हो।

कम्पनीका अनुसार उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालय, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयमार्फत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

यसैगरी, प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरसम्म खरिदका लागि माग गर्न सकिनेछ।

कम्पनीका अनुसार उक्त संस्थापक सेयर खरिदका लागि बोलपत्र आवेदन असार १२ गतेभित्र पेश गरिसक्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स