SHAREHUB SHAREHUB

आजदेखि ३ दिन काठमाडौंका यी स्थानमा बिजुली काटिने

Advertisement Ads
आजदेखि ३ दिन काठमाडौंका यी स्थानमा बिजुली काटिने
Representative Image
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन स्तरोन्नति कार्यका लागि आजदेखि काठमाडौंका विभिन्न क्षेत्रमा तीन दिन विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणअन्तर्गत आयोजना व्यवस्थापन निर्देशनालयले सञ्चालन गरिरहेको १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाअन्तर्गत स्पूचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी प्रसारण लाइनमा पुरानो तार प्रतिस्थापन गर्न लागिएको हो।

यस कार्यका लागि आज जेठ २९ गते शुक्रबार, भोलि जेठ ३० गते शनिबार र पर्सि जेठ ३१ गते आइतबार बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म कुलेश्वर वितरण केन्द्रअन्तर्गतका थानकोट र सतुंगल फिडरमार्फत विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका–१४ कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सीजी क्षेत्र, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्युचर, बाइछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास तथा सिर्जना चोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।

त्यस्तै सतुंगल फिडरअन्तर्गत धौलागिरी गेट आसपास, सिँचाफाँट तथा शिवमन्दिर आसपासका क्षेत्रमा पनि सो अवधिभर विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

Advertisement Ads

scheduled kathmandu power outage notice 1781161008147 https://bajarkochirfar.com/power-outages-to-continue-in-these-areas-of-kathmandu-for-3-days-starting-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स