रवि लामिछानेलाई समर्थन गर्दै रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन सुरु गर्ने



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि पोखरामा विरोध प्रदर्शन गर्दै आएको रास्वपाले शुक्रबारदेखि काठमाडौँमा आन्दोलनको घोषणा गरेको हो।

पार्टी नेता राजन गौतमका अनुसार काठमाडौँस्थित माइतीघरमा दिउँसो १ बजे प्रदर्शनको तयारी गरिएको छ। लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहे पनि रास्वपाले उनको पक्राउलाई पूर्वाग्रही ढंगले गरिएको भन्दै सात दिनदेखि पोखरामा विरोध गर्दै आएको थियो।


Advertisement

यद्यपि, पोखराको प्रदर्शनले पर्याप्त जनसमर्थन नपाएको टिप्पणीहरू भइरहेका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर