नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ कार रेन्टल’ नामक नयाँ सेवा सुरू गरेको छ। यो सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन्।
हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामार्फत ग्राहकहरूले आवश्यकताअनुसार बुकिङ गरेर छोटो वा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म जान वा फर्कन सक्नेछन्। रेन्टल सेवा लिनका लागि कम्तीमा एक घण्टा अघि बुक गर्नुपर्नेछ, र ग्राहकले बढीमा ७ दिनसम्म बुक गर्न सक्नेछन्। यसले यात्रुहरूलाई लामो दूरीको यात्रा वा घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिप’ वा ‘ड्रप’ सेवा बुक गरेर एउटै कार र चालकको साथमा यात्रा गर्न सक्नेछन्। यसले यात्रालाई अझै सहज बनाउनुका साथै चालकहरूका लागि थप कमाइको अवसर सिर्जना गर्नेछ।
अन्य सेवाहरूमा जस्तै, रेन्टल यात्रामा पनि बीमा सुविधा उपलब्ध गराइएको छ। साथै, रेन्टल सेवामा कुनै समस्या आएमा २४ घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ।
पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरेर राइड एक्सेप्ट भएपछि, प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ। यो सेवा पठाओ नेपालको नारा ‘मुभिङ नेपाल’ को उद्देश्य अनुरूप सुरू गरिएको हो।











![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)






![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया