काठमाडौंको ठमेलमा करिब ३० करोड रुपैयाँको लगानीमा बनेको विश्वस्तरीय ‘XO Club’ भव्य समारोहसहित सञ्चालनमा आएको छ। कम्पनीले यस क्लबलाई नेपाली नाइट लाइफमा नयाँ अध्याय थप्ने महत्वाकांक्षी परियोजना ठहराएको छ।
क्लबको औपचारिक उद्घाटनअघि नै ‘After Hours’सँग मिलेर गरिएको ‘अन्डर–कन्स्ट्रक्सन पार्टी’ मार्फत राजधानीमा पहिलोपटक विश्वस्तरीय क्लबको झलक प्रदान गरिएको थियो।
नेपालमै पहिलो पटक यहाँ विश्वप्रसिद्ध एड्म्सन स्पिकरहरू जडान गरिएको छ। क्यानडाबाट आएका ध्वनि विशेषज्ञ कार्लोस सालाबेरीले आफैं यी स्पिकरहरू ट्युन गरेका हुन्। क्लबमा अत्याधुनिक साउण्डप्रुफिङ, आकर्षक लाइटिङ र आधुनिक प्रविधि प्रयोग गरी संगीतप्रेमीलाई पूर्ण रूपमा डुबाउने अनुभव दिन सजावट गरिएको छ।
क्लबको प्राविधिक पक्षमा प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक र ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य सक्रिय छन्। टिम XOका संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा करिब १०० जनाभन्दा बढी जनशक्तिको टोलीले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
उद्घाटनसँगै, काठमाडौंको नाइट लाइफ नयाँ आकार, ध्वनि र अनुभवको युगमा प्रवेश गरेको आयोजकहरूको दावी छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया