बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय सदर

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय सदर

सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन आवश्यक नपर्ने भनी आदेश जारी गरेको छ।

यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेको हो।

सरकारले ओझासँग पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव नभएको भन्दै गत ३० असारमा जाँचबुझ समिति गठन गरेको थियो। समितिले ओझालाई स्पष्टीकरणको मौका दिएपछि पनि आवश्यक व्यवस्थापकीय अनुभव पुष्टि नभएको निष्कर्षसहित पदमुक्त गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसको आधारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शरद ओझालाई बीमा प्राधिकरणको अध्यक्ष पदबाट हटाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स