राष्ट्र बैंकका गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
राष्ट्र बैंकका गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरूले यसअघि पनि रिट दिएका थिए, तर त्यो दरपिठ गरिएको थियो।

हाल पेस गरिएको रिट अध्ययनको क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक तथा बैंकिङ क्षेत्रमा आवश्यक अनुभव नभएको र राष्ट्र बैंक ऐनअनुसार योग्यतासम्पन्न नभएको दाबी गरिएको छ। उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि ऐनले तोकेको विशिष्ट योग्यता नपुगेको भनिएको छ।

साथै, पौडेल आफैं सिफारिस समिति सदस्य रहँदा नियुक्ति प्रक्रिया पूर्वनियोजित भएको र यसले ऐन तथा सुशासनका प्रावधान उल्लंघन गरेको आरोप लगाइएको छ। पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ गते नियुक्त गरेको थियो र उनले ७ गते कार्यभार सम्हालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स