स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा अन्तिम दिनसम्म २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । सीडीएससीका अनुसार हिजो भाद्र ३ गते अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख २८ हजार ५५१ आवेदकहरूले २ करोड ९३ लाख ८१ हजार ६५० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग १५०.५२ गुणा बढी रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ९५ हजार १९५ कित्ता निष्काशन गरेको हो। आवेदन दिएका मध्ये करिब १९ हजार ५१९ जनाले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने २५ लाखभन्दा बढी आवेदकको हात रित्तो रहनेछ। यस अनुसार करिब १०० जनामध्ये १ जनाभन्दा कमले सेयर पाउने सम्भावना रहेको छ, जसको अनुसार पाउने सम्भावना करिब ०.७७ प्रतिशत मात्र छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।











![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया