नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा निषेध गरेका छन्। उपकुलपतिसहित तीन जना पदाधिकारीहरूलाई उनीहरूले विश्वविद्यालय प्रवेश गर्न नदिएका हुन्।
यद्यपि, त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहहरूले लगाएको ताला क्रमशः खुल्दै गएको छ। सुरुमा आंशिक प्राध्यापक सङ्घर्ष समितिले तालाबन्दी हटाएको थियो। त्यसपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताला खोलेको थियो भने आज अखिल क्रान्तिकारीले पनि ताला हटाएको हो।
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना प्रक्रिया तत्काल खोल्नुपर्ने लगायतका मागसहित आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले अलग–अलग रूपमा त्रिवि उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार र त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका थिए। यस सम्बन्धमा सर्वोच्च अदालतले तत्काल ताला नलगाउन आदेश दिएको थियो।















प्रतिकृया