राधी विद्युत कम्पनीको बिहीबार (पुस १८ गते) बस्ने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ । सभामा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित गरिएको कम्पनीले जनाएको छ । अब सञ्चालक समितिको बैठकले सभाको अर्को मिति तय गर्नेछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको थियो । यस्तै, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १ः ०.६९८९ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव पनि रहेको थियो ।




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया