दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध किन पक्राउ पुर्जी जारी गरियो?

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध किन पक्राउ पुर्जी जारी गरियो?

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति, यून सुक योलविरुद्ध सियोल पश्चिम जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ। यस घटनालाई दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध जारी गरिएको पहिलो पक्राउ पुर्जीका रूपमा मिडियामा उल्लेख गरिएको छ।

राष्ट्रपति योल ३ डिसेम्बरमा सैनिक शासन लागू गर्ने निर्णय गरेका थिए, जसले व्यापक विवाद उत्पन्न गर्‍यो। विपक्षी दलको विरोध पछि उनले छ घण्टामै उक्त निर्णय फिर्ता लिएका थिए। यसै घटनामा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि योललाई निलम्बन गरिएको छ। यो मामला हाल संवैधानिक अदालतमा विचाराधीन छ, जहाँ महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गरिनेछ।

राष्ट्रपति योलको कदमको विषयमा भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले तीनपटकसम्म उनलाई उपस्थित हुन अनुरोध गरेका थिए। तर, उनले कुनै प्रतिक्रिया जनाएनन्, जसले अनुसन्धानमा बाधा पुर्याएको आरोपमा सोमबार अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति मागिएको थियो। दक्षिण कोरियामा उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको अनुसन्धानका लागि सियोल पश्चिमी जिल्ला अदालतले यस्तो कदम उठाउने प्रचलन छ।

संयुक्त जाँच प्रमुखले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी गरिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स