पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भव्यताका साथ सम्पन्न भएको छ। लिगले अर्थतन्त्र चलायमान बनाउनुका साथै देशभरका क्रिकेटप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थपेको छ। तर, खेलकुदको यस्तो महाकुम्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने यस लिगलाई प्रत्यक्ष रूपमा समर्थन गरेनन्।
यसअघिका राष्ट्रिय खेलकुदका गतिविधिलाई खुलेरै खेल भएको ठाउँमा पुगेर वा सामाजिक सञ्जालमा पोस्ट गरेर समर्थन गर्ने बालेन नेपाल प्रिमियर लिगमा भने मौन बसे। बालेनले एनपीएलसँग दूरी राख्नुको प्रमुख कारण लिगसँग जोडिएको विज्ञापन हो।
एनपीएलमा “वुल्फ ७७७ न्यूज” नामक ब्रान्डलाई प्रवर्द्धन गरिएको थियो, जुन सट्टेबाजी सम्बन्धी कम्पनी वुल्फ ७७७ को सरोगेट ब्रान्ड हो। सट्टेबाजीलाई नेपालमा गैरकानुनी छ। यही कारणले मेयर शाहले लिगलाई खुलेर समर्थन नगरेको उनी निकट स्रोत बताउँछ।
यसैबीच, नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सरोगेट विज्ञापनको विषयलाई संवेदनशील तर बाध्यता रहेको बताएका छन्। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले सट्टेबाजी कम्पनीहरूको सरोगेट ब्रान्डको प्रचार खेलकुदमा लगानी ल्याउने माध्यम भएको भन्दै यसलाई रोक्नुभन्दा राज्यले वैकल्पिक लगानीको व्यवस्था गर्नुपर्ने तर्क राखेका छन्।
उनले भने, ‘बेटिङलाई हामीले कहिले पनि प्रोमोट गरेका छैनौं। सरोगेट कम्पनीबाट खेलकुदमा लगानी आइरहेको छ। कि सरकारले लगानी गरिदिनुपर्यो। सरकारले यति धेरै बजेट दियोस् कि हामीले सरोगेट ब्रान्डको प्रचार नै गर्न नपरोस्।’
खड्काले अल्कोहल सरोगेसीले खेलकुदमा पुर्याएको योगदान स्मरण गर्दै नयाँ नियमले लगानी रोकिएको र यसले खेलकुदलाई असर पारेको बताए। साथै, उनले सरोगेट विज्ञापनको निगरानी गर्न र त्यसका लागि स्पष्ट कानूनी मापदण्ड तोक्न राज्यलाई आग्रह गरेका छन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया