किन लगायो दक्षिण कोरियाले डिपसिक एआई डाउनलोडमा रोक ?
दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसिकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीले देशको व्यक्तिगत डेटा संरक्षण कानुनको पालना सुनिश्चित गर्न सुधार र उपायहरू गरेपछि एआई मोडेल दक्षिण कोरियाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ। यस हप्ता समाचारमा देखा परेपछि डिपसिक दक्षिण कोरियामा चर्चित भएको छ र लाखौँ मानिसले एप स्टोरबाट यसलाई डाउनलोड गरेका छन्।
डिपसिकको लोकप्रियता र विस्तारसँगै यसलाई धेरै देशमा गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्ताका कारण छानबिनको दायरामा राखिएको छ र विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइएको छ।
दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरेका प्रयोगकर्ताहरूले यसलाई आफ्नो फोनबाट वा डिपसिकको वेबसाइटमार्फत प्रयोग गर्न सक्नेछन्।