किन लगायो दक्षिण कोरियाले डिपसिक एआई डाउनलोडमा रोक ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
किन लगायो दक्षिण कोरियाले डिपसिक एआई डाउनलोडमा रोक ?
AdvertisementAds

दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसिकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीले देशको व्यक्तिगत डेटा संरक्षण कानुनको पालना सुनिश्चित गर्न सुधार र उपायहरू गरेपछि एआई मोडेल दक्षिण कोरियाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ। यस हप्ता समाचारमा देखा परेपछि डिपसिक दक्षिण कोरियामा चर्चित भएको छ र लाखौँ मानिसले एप स्टोरबाट यसलाई डाउनलोड गरेका छन्।

डिपसिकको लोकप्रियता र विस्तारसँगै यसलाई धेरै देशमा गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्ताका कारण छानबिनको दायरामा राखिएको छ र विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरेका प्रयोगकर्ताहरूले यसलाई आफ्नो फोनबाट वा डिपसिकको वेबसाइटमार्फत प्रयोग गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स