दुई वाणिज्य बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ५ गते
दुई वाणिज्य बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले भर्न पाउने ?

आज (शुक्रवार) दुई वाणिज्य बैंक—नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडले संस्थापक समूहका सेयर बिक्रीमा ल्याएका छन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १,६९,२१९ कित्ता र कुमारी बैंकले १,९२,६४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन्। यी सेयरहरू खरीद गर्न विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहनेछन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

कुमारी बैंकको हकमा भने टंगालस्थित केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ।

आवेदन दिने समयसीमा आगामी ३५ दिनसम्म कायम रहनेछ। निर्धारित अवधिभित्र विद्यमान संस्थापकहरूले आवेदन नदिएमा भने ती सेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स