सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चार जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। बिक्रीमा राखिएका सेयरमध्ये बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ कित्ता, गौरव शारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेश प्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
बीमकको संस्थापक सेयर कारोबार (खरीद–बिक्री) सम्बन्धी निर्देशिका, २०७७ अनुसार हाल यी सेयर सूर्यज्योति लाइफकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन्। सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट खरीदका लागि कुनै पनि बोलपत्र प्राप्त नभएमा भने प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

















प्रतिकृया