दुई वाणिज्य बैंकले संस्थापक सेयर बिक्रीमा राखेका छन् । नबिल बैंक र प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
नबिल बैंकले संस्थापक समूहको ३ लाख ८९ हजार २५१ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिने बैंकले जनाएको छ।
प्रभु बैंकले संस्थापक समूहको करिब १३ लाख ७२ हजार ८७८ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई उक्त सेयर खरिदका लागि केवल संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि समेत बिक्री खुला गरिने बैंकले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया