नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६८ हजार १२८ कित्ता सेयर बिक्रीमा राखेको छ। संस्थाका दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया सुरु गरिएको हो।
संस्थाले जारी गरेको सूचनाअनुसार हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नुपर्नेछ।
निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने संस्थाले जनाएको छ।

















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया